आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना !

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना !

भदौ २१ काठमाडौं, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना देखिएको छ ।घरकै सदस्यलाई कोरोना देखिएपछि मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेर मन्त्रालयको काम हेरेको बताएका छन । 

आईतबार  उपत्यकामा ३५४ सहित देशभरसंक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ। पछिल्लो तथ्यांकका अनुसार बितेको २४ घण्टामा १८ सय १४जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ।

पछिलो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्।२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend