
भाद्र २२ काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निर्वस्त्र नहुन सुझाव दिनुभएको छ।
भट्टराईले प्रधानमन्त्री केपी ओली बिरुद्ध तल्लो स्तरको टिप्पणी गरेपछि त्यसको जवाफ स्वरुप थापाले “किन बेचैन र असन्तुलित बनिरहनु भएकाे हाे ?मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ? भन्दै प्रश्न गर्नु भएको छ।
थापाले प्रधानमन्त्री हुँदाको आफ्नो इतिहास सम्झिन आग्रह गर्दै बिप्पा सम्झौता गरेर जुवा खेले भन्ने तपाई हैन अनि प्रधानमन्त्री ओली निरंकुश राजतन्त्रविरूद्द गाेलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङकाे ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनकाे साेझाे मात्रै ?
भ्रष्टचार परिवार र नाताबादमा तपाई कति डुब्नु भयो २०७० सालमान्यूयाेर्क टाइम्सले “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?थाहा छ कि छैन थापाले सोध्नुभएको छ।
त्यसैगरी तपाईं र तपाईंकी श्रीमतीकाे सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माओबाद” लाई पनि धरधरी रूवाएकाे हाेइन र ?
यस्तो छ डा बाबुराम भट्टराईलाई सुर्य थापाको फेसबुक प्रतिक्रिया
पूर्व प्रधानमन्त्रीकाे एक लज्जास्पद टिप्पणी !
सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशकाे प्रधानमन्त्री भइसकेकाे सम्मानित व्यक्ति हाे कि गाली शिराेमणि ? यस ट्वीटमा प्रयाेग गरेका केही भाषा, गालीगलाेज र सन्तुलन गुमाएकाेजस्ताे अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?
विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामकाे पक्षपाेषण महाशयले कहिले गर्नुभएको थियाे र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गाेहीका आँसु झारेजस्ताे गर्नु र रूवाबासीकाे नक्कली नाटक प्रदर्शन गर्नु ?
अरूकाे सम्मान नगर्नेले लाेकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसकाे अपेक्षा गर्नु ?
प्रधानमन्त्री केपी शर्मा आेलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर भन्न यसाे सक्नुहन्छ ?- “ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !”
केपी शर्मा अाेली निरंकुश राजतन्त्रविरूद्द गाेलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङकाे ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनकाे साेझाे मात्रै ?
जबकि “विप्पा संझाैता गरेर जुवा खेलें” भन्ने तपाईकाे आफ्नै कार्यशैली संझिनुस त ! कस्ताे थियाे, प्रधानमन्त्री हुँदा – जुवाडे भन्न अरूले पर्छ र ?
जबकि न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?
जबकि तपाईं र तपाईंकी श्रीमतीकाे सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माअाेवाद” लाई पनि धरधरी रूवाएकाे हाेइन र ?
तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ अाजभाेलि ? यस्ताे बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएकाे हाे ?
तपाईंहरूकाे तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसाे हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?
तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसकाे रिमाेट संचालन/सनकमा यतिसम्म लेख्न सक्नुभएकाे हाे ?
“डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन।२/३निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले ।ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु !”
तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्ताे लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस ।
बहिदार बन्न सजिलाे छ, बही बुझाउन गा-हाे भनेकाे संभवत: तपाईंको जस्तै हविगत हुँदा भनिएकाे हाेला !
पूर्व प्रधानमन्त्री पदकाे गरिमा र सम्मानकाे यसरी आफैले खिल्ली उडाएकाे त जगहँसाइ नै भयाे, महाेदय !!!!!
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend