सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

रातो मच्छिन्द्रनाथको रथ तान्दा झडप गर्ने ६ जनालाई कोरोना संक्रमण पुष्टि !

रातो मच्छिन्द्रनाथको रथ तान्दा झडप गर्ने ६ जनालाई कोरोना संक्रमण पुष्टि !

भदौ २२ ललितपुरको पुल्चोकमा गत बिहीबार जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरीसँग झडपमा उत्रिएर पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण भएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

‘आज रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको छ,’उनले भने,’उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ।’

प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये तीन जनालाई छोडिसकेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरिसकेको छ।प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend