सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

नीतिगत भ्रस्टाचारको आशंकाबीच रेलबिभागले रद्द गर्यो पूर्व-पश्चिम रेलमार्गको ठेक्का !

नीतिगत भ्रस्टाचारको आशंकाबीच रेलबिभागले रद्द गर्यो पूर्व-पश्चिम रेलमार्गको ठेक्का !

भदौ २३ काठमाडौँ, पूर्व-पश्चिम रेलमार्गको ठेक्का प्रक्रियामा ब्यापक भ्रस्टाचार भएको आशंका बीचरेल विभागले १८ ओटा निर्माण कम्पनीको मात्र प्रतिष्पर्धा हुनेगरी खोलेको रेलमार्ग ट्रयाक बेडका (माटो भर्ने) ठेक्का रद्ध गरेको छ।सिमित प्रतिस्पर्धा हुनेगरी आव्हान गरिएको उक्त ठेक्का प्रक्रिया रेल विभागले रद्ध गरेको हो।

रेल विभागले आज सुचना जारी गर्दै इनरुवा–काँकडभिट्टा खण्डमा ट्रयाक बेडका बोलपत्र रद्ध गरेको छ।विभागले जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाको तयारी समेत नगरी हतार हतार पुर्वपश्चिम रेलमार्ग ट्रयाक बेडका लागि बोलपत्र आह्वान गरेको थियो।

गत असार १४ र १७ गते आह्वान गरिएको ३३ अर्बको ठेक्कामा रेलमार्गको काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखेको थियो। सो प्रावधानका कारण अनुभव भएका १८ नेपाली कम्पनीले मात्र ठेक्का पाउने पक्का जस्तै भएपछिठेक्कामा विवाद उत्पन्न भएको थियो।

त्यस्तै, विदेशी निर्माण कम्पनीलाई रोक्न ठेक्कालाई ५४ टुक्रा बनाइएको थियो। सार्वजनिक खरिद ऐन अनुसार एक अर्ब भन्दा माथिका ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend