
भदौ २३ काठमाडौँ, महानगरीय महानगरीय प्रहरी परिसर काठमाडौँको बिशेष टोलिले काठमाडौँको बुढानिलकण्ठबाट अबैध लागुपदार्थको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले सुनौलो नेपाललाई जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे न.पा.वडा नं.७ का ३६ बर्ष विष्णु प्रधान, सोहि ठाउका ३७ बर्षीय डम्बर बहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशी गा.पा.वडा नं.५ का ३२ बर्षीय शंकर खड्का रहेका छन् ।
उनीहरुको साथबाट डाईजापाम २९५० एम्पुल,नाईट्रोभेट ३००० एम्पुल,प्रोम्याथाजिन २९५० एम्पुल लगाएत अन्य लागुऔषध रहेका छन्पक्राउ परेकालाई थप अनुसन्धानको लागि गरी थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend