
काठमाडौं । शुक्रवार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्दै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार छलफल सकिएको छ ।
नेकपाका अध्यक्षद्वयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको बालुवाटार श्रोतले जनाएको छ।
नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको बुझिएको छ । अध्यक्षद्धयले तयार गरेका एजेण्डाहरु भोलिसम्म स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ ।
धबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपामा खासगरी दुई अध्यक्षको कार्यविभाजनबारे कार्यदलले प्रस्ट पारेपनि वरिष्ठ नेता नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कसरी समेट्ने भन्ने प्रश्न बाँकी नै रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend