सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ भित्रिन पिसिआर रिपोर्ट नचाहिने तर नाकाको चेकजाँचमा थप कडाई !

काठमाडौँ भित्रिन पिसिआर रिपोर्ट नचाहिने तर नाकाको चेकजाँचमा थप कडाई !

 

काठमाडौं, २५ भदाै । अब काठमाडौं उपत्यका भित्रिन कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । पीसीआर रिपोर्ट नचाहिने भए पनि उपत्यका प्रवेशमा यसअघि जारी भएका सबै नियमको पालना र आवश्यक कागजात भने साथमा हुनुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

यसअघि अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा पीसीआर रिपोर्टसमेत अनिवार्य गरिएको थियो । तर पीसीआर रिपोर्ट भए त्यसले सहज भने हुनेछ । कोरोना महामारीपछि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारी र व्यक्तिलाई समेत रोक लगाइएको छ ।

एसएसपी ज्ञावालीका अनुसार त्यावश्यक सवारी एम्बुलेन्स, बिरामीलगायत सरकारले तोकेका सवारी आउन पाउनेछन् । यसबाहेक भने सम्बन्धित जिल्ला प्रशासनको सहजीकरणको पत्र आवश्यक पर्नेछ । काठमाडौंबाट बाहिरिने र भित्रिने दुवै हिसाबले याे नियम लागु हुनेछ ।

प्रहरीले काठमाडौंको नागढुङ्‍गा र भक्तपुरको साँगा नाकामा कडाइसमेत गरेको छ । उच्च सतर्कता अपनाएर भित्रिनेहरुको विवरण राख्‍ने काम भएको र अत्यावश्यक कामबाहेक आउनेलाई बाटोबाटै फर्काइने गरेकाे पनि प्रहरीले जनाएकाे छ ।

पछिल्लो समयमा उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या विस्तारै बढ्दै गएको पाइएको छ । चाडपर्वसमेत नजिकिँदै गएकाले छाड्ने क्रम बढेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend