logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने

    बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने

    238
    Shares
    बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने

    काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले कठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने भएको छ ।

    खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षती पुर्‍याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गर्नु भई पुन:स्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिनु भएसँगै अहिले कर्मचारीहरु पानी आपूर्ति सुचारु गर्नका लागि धमाधम लागि परेका छन् ।

    सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गछौँ । भुमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भुमिगत स्रोतको हाल एक करोड लिटर पानीमात्रै वितरण गर्न सकिने छ ।

    यसैगरी ललितपुरको स्रोतमा फर्पिङ जलबिद्युत गृहबाट फर्पिङ पम्पीङ स्टेशनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति असहजता भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
    उता काठमाडौँको महाँकाल चौरको पम्पीङ सिस्टम क्षती ग्रस्त भएकाले त्यसको मर्मत सम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

    बिद्युतिय उपकरणमा समस्या आएका कारणपूर्ववत रुप्मा नियमित पानी आपूर्तिमा असहजता रहेको जनाइउको छ । काठमाडौँमा पानी आपूर्ति सहजताका मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरु अहिले लागिपरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend