
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध गर्ने बित्तिकै अपराधीको सम्पति रोक्ने कानुन बनाउन आवश्यक रहेको बताउनु भएको छ।
बिहीबार प्रधानमन्त्री निवासमा देशभरि एसिड आक्रमणमा परेका पीडितहरुसंगको विशेष कार्यक्रममा उहाँले अपराधीको सम्पति तत्काल नरोक्दा मिलाउने क्रम बढेको भन्दै उसको सम्पती रोक्का गरेर कारबाही अगाडी बढाउनु पर्ने उहाँको धारणा थियो।
एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने भन्दै उहाँले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने घोषणा समेत सो कार्यक्रममा गर्नुभयो ।
हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पुरा भिडियो
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend