शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

१० करोडको कालिज फर्म भित्र चितुवा पसेपछि…

१० करोडको कालिज फर्म भित्र चितुवा पसेपछि…

भदौ २६, म्याग्दी बेनी नगरपालिका४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र शुक्रबार बिहान चितुवा पसेको छ । फार्मभित्र पसेको चितुवाले कालिजका चल्ला मारेको छ । बिहान साढे ६ बजे कर्मचारी दाना दिन फार्मभित्र जाँदा चितुवा भेटिएको थियो ।

‘कालिजका चल्लालाई चारो दिन गएकी कर्मचारीलाई लखेटेपछि भागेर बाहिर निस्किइन, ‘हरियाली ग्रुपका महाप्रबन्धक शेरबहादुर केसीले भने, ‘४०० चल्ला छन् । कति मारेको छ भनेर एकिन भएको छैन् ।’ चितुवा पसेको फार्मभित्र चार महिनाका चल्ला छन् ।

शुक्रबार बिहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा कालिज फार्ममध्ये चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते नै भएको छ । तर बाहिर निक्लन सकेको छैन ।‘कालिज फार्ममा पसेको चितुवालाई खोरमा थु्न्न सक्ने अवस्था छैन ।

बेहोस बनाउने डार्क गन जिल्लामा छैन, मान्छेलाई आक्रमण नगरी गोली हान्न पनि मिलेन । उपायको खोजीमै छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘चितवन नेसनल पार्कबाट डार्क गनसहित प्राविधिक ल्याई बेहोस बनाई बाहिर ल्याउन पनि कोरोनाले गर्दा अप्ठेरो भएको छ । दिनभर पर्खेर राति फार्ममा प्रवेश गर्ने मूल गेट खुल्ला राख्ने र सुरक्षित बाहिर निक्लने वातावरण बनाउने योजनामा छलफल चल्दैछ ।

’मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषक र व्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले करिब १० करोड लगानीमा व्यावसायिक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेको हो ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend