मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सकियो नेकपा स्थायी कमिटि बैठक, महाधिवेशन चैत २५ देखि ३० सम्म काठमाडौंमा हुने !

सकियो नेकपा स्थायी कमिटि बैठक, महाधिवेशन चैत २५ देखि ३० सम्म काठमाडौंमा हुने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ ।

पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले एमसीसीका बारेमा भने अझै निर्णय गर्न सकेन । बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend