
सुनौलो नेपाल – बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ३१ जनाले ज्यान गुमाएका छन् त्यसमध्य ११ जनाको शव भेटियो २० जना बेपत्ता छन् ।
शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् ।
सबैभन्दा सुरक्षित भनिएको बस्ती नै पहिरोले लगेपछि अब कतै भाग्ने ठाउँ छैन ‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटना स्थलमा भेटिएकी बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रीनले भनिन ।
हेर्नुहोस स्थलगत भिडियो रिपोर्ट
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend