आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

ओम्‍नी समुह १ बर्षको लागि सरकारको कालोसूचीमा !

ओम्‍नी समुह १ बर्षको लागि सरकारको कालोसूचीमा !

भदौ २९ काठमाडौँ, सरकारसँगको सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन असफल ओम्नी समूह सहित तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै ओम्‍नी समुह सहित तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो। ओम्नीले स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि समयमै सम्पन्न गर्न सकेको थिएन।

समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द गरेको स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो।विभागको सिफारिसअनुसार कार्यालयले १ वर्षका लागि कालोसूचीमा राखेको हो। यो अवधिमा ओम्नीले कुनै पनि टेन्डरमा सहभागी हुन पाउने छैन।

कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छ। त्यस्तै वीटी/ टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend