मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रधानमन्त्रीका सल्लाहकार थापा

कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रधानमन्त्रीका सल्लाहकार थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारुढ नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपाल विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशकको नियुक्ति लिन कुलमान घिसिङले प्रतिस्पर्धाबाट आउनुपर्ने बताएका छन्।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन र ठूलो घाटा व्यहोरिरहेको प्राधिकरणलाई नाफमा लैजान नेतृत्व गरेका कुलमान पहिलो चार वर्षे कार्यकाल पूरा भएपछि आइतबारदेखि पुनः नियुक्तिको पर्खाइमा छन्। उनलाई पुनः नियुक्ति दिन सरकारमाथि ठूलो जनदबाब छ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति दिने निर्णय हुने अपेक्षा गरिएको थियो तर मन्त्रीपरिषदमा औपचारिक प्रस्ताव नै आएन्। उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव ल्याउन खोज्दा प्रधानमन्त्री ओलीले कानुनी विषय थप बुझ्नु पर्ने भन्दै पन्छाएको स्रोतहरूले जनाएका छन्।

मन्त्रीपरिषद बैठक लगत्तै सल्लाहकार थापाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको धारणाले प्रधानमन्त्री र उनको टिमले कुलमान फेरि कार्यकारी निर्देशक हुन प्रतिस्पर्धाबाट आउनु पर्ने आसय व्यक्त गर्दै सिधै पुनः नियुक्ति दिन नमिल्ने मनस्थिति बनाएको देखिएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार दिउँसो घिसिङले पहिलो कार्यकालमा पुर्‍याएको योगदानअनुसार उनलाई पुनः नियुक्ति गर्नु उचित हुने धारणा सार्वजनिक गरेका थिए, जसमा सल्लाहकार थापाले कडा प्रतिक्रिया जनाउने क्रममा नियुक्ति प्रक्रियाको कुरा उठाएका हुन्।

‘कुलमान घिसिङको पक्ष विपक्षमा यतिबेला आआफ्ना मत अभिमत होलान्, मलाई त यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुची छैन’, थापाले प्रश्न गरेका छन्, ‘एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि? नेपाल आमाका सपूतको पुनः नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ?’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend