
काठमाडौं भदौं ३०, सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उहाको निजी सचिवालयले जनाएको छ ।
तत्कालिन प्रवक्ता एंव सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजिनामा दिएपछि सो जिम्मेवारी खाली रहेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend