सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

फुटको दिशामा राप्रपा: कमल थापा र प्रकाशचन्द्र लोहनीको जुहारी !

फुटको दिशामा राप्रपा: कमल थापा र प्रकाशचन्द्र लोहनीको जुहारी !

भदौ ३० काठमाडौं, बारम्बार फुट्दै र जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि पार्टी फुटको अवस्था सिर्जना भएको छ । राप्रपाको एकता खलबल्याउने प्रयास पार्टी अध्यक्षबाटै भएको अर्का अध्यक्षले आरोप लगाएका छन् ।राप्रपा अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताबारे एकपक्षीयरूपमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

ट्वीट गर्दै अध्यक्ष थापाले डा. लोहनीको अभिव्यक्तिलाई एकता खल्बल्याउने मनशायबाट अभिप्रेरित रहेको टिप्पणी गरेका छन् । डा लोहनीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिपछि अध्यक्ष थापाको प्रतिक्रिया आएको हो ।

थापाले भनेका छन्, ‘डा. प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ, त्यो पार्टी एकताको भावना विपरित छ ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ ।

राजसंस्थाको बारेमा एउटा इक्वेएजन-फर्मुलामा जानुपर्छ । राजसंस्थालाई नेपालमा कसरी उपयोग गर्ने ? राजसंस्थालाई कसरी राख्ने भन्ने बारेमा जानुपर्छ। र, त्यो (राजसंस्था) मा जानुपर्छ भन्नेमा हामी छौं । अहिले म राप्रपामै छु । तर, राप्रपा संयुक्तमा पनि छु । किनभने हाम्रो पार्टी वैधानिकरूपमा एकीकरण भइसकेको छैन अहिलेसम्म ।स्मरणीय छ केही समय अघि एकीकृत भएको राप्रपामा अहिले थापा, लोहनी र पशुपति शमशेर राणा अध्यक्ष छन् । दुई पार्टी कानुनीरूपमा छुट्टाछुट्टै छन् ।

 

 

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend