मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

भाबुक हुदै नेपाल विद्युत प्राधिकरणबाट औपचारिक रुपमै बिदाई भए कुलमान घिसिङ (फोटो फिचर)

भाबुक हुदै नेपाल विद्युत प्राधिकरणबाट औपचारिक रुपमै बिदाई भए कुलमान घिसिङ (फोटो फिचर)

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट औपचारिक रुपमै बिदाई भएका छन ।

आइतबार कार्यकाल सकिएका घिसिङ्गको प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारीहरुको  उपस्थितिमा मात्र बसेर बिदाई  गरिएको हो ।

सोमबारको मन्त्री परिषद बैठकले प्राधिकरणले कार्यकारी निर्देशकको  बिषयमा कुनै निर्णय नगरेपछि कुलमानलाई बिदाई गर्न लागीएको हो।  ४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका  थिए ।

 प्राधिकरणबाट हुँदा भाबुक बनेका घिसिङ्गले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै प्राधिकरण देशकै नाफामुखी सस्थान र देश लोड सेडिंग मुक्त भएकोमा खुसी प्रकट गरे।

कुलमानको बिदाई सम्बन्धी थप भिडियो सुनौलो नेपालको आधीकारिक च्यानल र वेबसाइटमा छिट्टै आउदै छ।

फोटो – पंकज दाहाल/सुनौलो नेपाल

kulsnaa.jpg

kuls man.jpg

 

kuls.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend