
जीबी लामा
कुलमान घिसिङलाई पुन:नियुक्ति नदिनु धेरै आपत्तिजनक कुरा त हैन तर यति धेरै लोकप्रिय काम गरेर ३ करोड जनताको मन जित्न सफल ब्यक्तित्व प्रति अलिकति पनि सहानुभुति नराख्नु सरकारको अत्यन्तै लाचारीपन र निर्लज्जाजनक कुरा हो ।
करोडौ जनताको चाहना कुलमानको निरन्तरता हुँदाहुदै सरकारले सो काम नगर्नु जनताको अभिमतको अपमान मात्रै होईन सरकारमा सामेल दल तथा नेतालाई दिर्घकालिन रूपमा फाईदाजनक कुरा होईन । ईमान्दारीता र स्वच्छ छबिकासाथ आफ्ना कार्य कौशलता देखाउने एक प्रभावशाली ब्यक्तिलाई निरन्तरता दिन कानुनको बाधा देखाउने तर जनताको मतले अयोग्य ठहर गरेको ब्यक्तिलाई सिधै राष्ट्रिय सभामा नियुक्ति गर्न सक्ने सरकारको नियत दिनको घाम जस्तै छर्लगं भएको छ ।
करोडौं कमिशनको प्रलोभन र चलखेलकाबीच पनि निडरताकासाथ आफ्ना कर्तब्य पुरा गर्ने तपाई जस्तो ब्यक्तित्वलाई भ्रष्ट र कमिशनखोरी शासकहरूले पुन:नियुक्ति दिदैन भन्ने कुरा प्रष्टै थियो । अझ पछिल्लो समयमा सुनिएको एमसीसीलाई समर्थन जनाउनु पर्ने लगायत उनिहरूले राखेको शर्तसित आफ्नो पद साट्न राजी नभएपछि तपाँले निरन्तरता नपाएको घटनाले तपाँईप्रति रहेको करौडौं नेपालीको असिम सहानुभूतिले विजय हाँसिल गरेको पुष्टि हुन्छ ।
अन्धकारभित्रै रम्न चाहने घुषखोरीहरूलाई कमिशनको आहालमै चुर्लुम्मै डुब्न दिनुहोस् ति कुराको हिसाबकिताब जनताले अवश्य राख्ने छन् र भ्रष्टहरूलाई जनअदालतको कठाघरामा उभ्याएर ती हिसाबकिताब चुक्ता गरेर तपाँईको जस्तो ईमान्दारीताको कदर जनताबाटै हुने दिन कसो नआउला ल त
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend