सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

ऊर्जा मन्त्रालय स्रोतले भन्यो कुलमान घिसिङ छिट्टै प्राधिकरणमा नियुक्ति हुनुहुनेछ !

ऊर्जा मन्त्रालय स्रोतले भन्यो कुलमान घिसिङ छिट्टै प्राधिकरणमा नियुक्ति हुनुहुनेछ !

असोज १ काठमाडौँ, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिंगको कार्यकाल भदौ २९ गते सकिएपछि उनको पुननियुक्तिको माग गर्दै देशभरबाट जनआबाज बढ्दो छ भने उर्जा मन्त्रालय त्यसको दबाबमा  परेको छ । घिसिङको नियुक्तिको बिषयमा सडकमा समेत आन्दोलन हुन् थालेपछि उर्जामन्त्रीका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका छन्।

चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन्।’नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend