
असोज १ काठमाडौँ, कोरोना संक्रमण देखिएका काँग्रेस महामन्त्री शशांक कोईरालाले ओम अस्पतालको आईसोलेसनबाट आफु दुई तीन दिनमा ठिक भएर फर्कने सन्देस पठाएका छन् । अस्पतालको आईसोलेसनबाट उनका शुभचिन्तक समर्थकलाई भिडियो सन्देस दिंदै कोईरालाले भनेका छन् ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नु पर्दैन।’अस्पतालबाट २/३ भित्रै डिस्चार्ज हुनेछु ।
केहि दिन अघि लक्षण बिहिन तर कोरोना पोजेटिभ देखिएका नेपाली काँग्रेस महामन्त्री शशांक कोईरालालाई २ दिन अघि एक्कासी ज्वरो बढेपछि चाबहिल स्थित ओम अस्पतालमा भर्ना भएका थिए ।
उनी कोरोना पोजेटिभ देखिएपनि लक्षण नदेखिएकोले केहि दिन देखि आफ्नै घरमा होम आईसोलेसनमा बस्दै आएका थिए । अहिले उनको स्वास्थ्य स्थिति स्थिर देखिएको छ तर उनलाई निमोनिया संकेत देखिएको बताईएको थियो ।कोईरालाको उपचारमा कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend