सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

सडक निर्माणलाई तिब्रता दिंदै ललितपुर महानगरपालिका !

सडक निर्माणलाई तिब्रता दिंदै ललितपुर महानगरपालिका !

असोज १ काठमाडौँ, ललितपुर महानगरपालिकाले नगरभित्रको सडक निर्माणलाई तीव्रता दिएको छ । महानगरले ८ सय मिटरसम्मको सडक निर्माणलाई तीव्रता दिएको हो । महागरले बिभिन्न फेजमा ९२ वटा सडक निर्माणकार्य गरिरहेको छ ।

जसअन्तर्गत बिहीबार फेज ३ अन्तर्गत २१ वटा सडक निर्माणको महागरका प्रमुख चिरिबाबु महर्जनले शिल्यान्यास गर्नुभएको छ । पहिलो फेज अन्तर्गत १९ वटा सडक निर्माण सम्पन्न भइरहेको छ भने दोश्रो फेज अन्तर्गत १५ वटा सडक निर्माण भइरहेको महानगरले जनाएको छ । तेश्रो फेजमा २१ वटा सडकको २६ करोड ८८ लाखमा काम भइरहेको महानगरले जनाएको छ ।

सडक सिल्यानाश गर्दै महानगर प्रमुख महर्जनले सम्बन्धीत वडाबाट माग भए बमोजिम महानगरले सडक निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाले गुणस्तरमा कुनै कमी हुन नदिन परामर्शदाता नियुक्त गरि गुणस्तर जाँच गर्ने काम भइरहेको बताउनुभयो ।महानगरले फेज चार अन्तर्गत ३७ वडा सडक बनाइने जनाएको छ । यसअघि महानगरले महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान कार्य सुरु गरेको थियो ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend