
विकास रौनियार
असोज १ काठमाडौँ,धादिङको गजुरी, बेनिघाट रोराङ र गल्छी गाउँपालिकामा कार्यरत प्रहरी कर्मचारीबारे नागरिकले लिखित गुनासो गर्न पाउने सहज व्यवस्था मिलाइएको छ ।गजुरी गाउँपालिका, बेनिघाट रोराङ र गल्छी गाउँपालिकामा आजबाट गुनासो तथा सुझाव पेटिका राखिएको छ ।गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरी डल्लाकोटी र गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले आ-आफ्नो गाउँपालिका गुनासो पेटिकाको उद्घाटन गरे ।
सो अबसरमा इलाका प्रहरी कार्यलय गजुरीका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्व राज खड्काले अब प्रहरी झन सतर्क हुनुपर्ने दिन आएको बताए । खड्काको अनुसार, गुनासो पेटिकामा परेका गुनासो र सुझाव प्रदेश प्रहरी हेटौंडाले हेर्नेछ ।गुनासो पेटिका खोल्दा मेयर र स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिमा खोलिने र सिलबन्दी गरेर सिधै प्रदेश प्रहरीमा पठाइने भएकाले स्थानीयले इलाका का प्रहरीबारे निर्धक्क गुनासा र सुझाव दिन पनि खड्काले गरे ।हाललाई यस्तो गुनासो पेटिका अन्य गाउँपालिका र नगरपालिकामा पनि राखिने छ । प्रदेश प्रहरीले १० वटै जिल्लामा यस्ता सुझाव पेटिका राख्ने र जनताका गुनासा सुन्ने नीति अनुसार आज गजुरी,बेनिघाट रोराङ गाउँपालिकामा राखिएको हो ।
प्रहरीका कामकाजलाई जनउत्तरदायी बनाउनका लागि यस्तो गुनासो पेटिका थालनी गरिएको बताइन्छ । धादिङको गजुरी,बेनिघाट रोराङ र गल्छी गाउँपालिकाको कार्यालयमा राखिएका गुनासो तथा सुझाव पेटिकामा प्रहरीबारे आफुलाइ लागेका कुरा अब स्थानीयले निर्धक्क लेखेर दिन सक्नेछन ।उजुरी पेटिकामा सर्वसाधारणका गुनासो पर्ने र सो अनुसार रणनीति बनाउन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।प्रहरीबारे र प्रहरी कार्यालयको विषयमा जनगुनासो भए गाउँपालिका भित्र गएर स्थानीयले उजुरी पेटिकामा गुनासो तथा सुझाव दिन सक्नेछन् । महिनामा एकपटक गुनासो पेटिका खोलिने जनाएको छ ।
तेस्तै नेपाल प्रहरीले नागरिकबाट पृष्ठपोषण प्राप्तिका लागि नागरिक सुनुवाइ कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधि प्रयोगलगायत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।स्थानीय निकायसँगको सहकार्य थप दरिलो बनाउँदै दिगो र दीर्घकालीन साझेदारीको संयन्त्र निर्माण, सर्वसाधारणको प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि, प्रहरी सेवा सञ्चालनमा रहेका त्रुटि, कमीकमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यकताअनुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend