काठमाडौं । दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । काठमाडौं जिल्ला अदालत प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।
प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको थियो ।
प्रसाई गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका थिए ।