
जनकपुर — एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।
शुक्रबार अपरान्ह जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।
एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend