आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कामपा २६ नम्बर वडाले नेपालमै पहिलोपटक गर्यो विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको शुभारम्भ

कामपा २६ नम्बर वडाले नेपालमै पहिलोपटक गर्यो विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको शुभारम्भ

सुनौलो नेपाल – काठमाडौँ महानगरपालिकाले शुरु गरेको विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको शुभारम्भ काठमाडौँ महानगरपालिका अन्तरगतको वडा नम्बर २६ बाट शुरुवात भएको छ ।

नेपालमै पहिलोपटक काठमाडौँ महानगरपालिका अन्तरगत २६ नम्बर वडाले विद्युतीय माध्यमबाट घरमै बसेर सेवागाह्रीले राजस्व तिर्ने व्यवस्था मिलाएको हो। महानगरपालिकाले शुरुवात गरेको विद्युतीय भुक्तानी प्रणाली मार्फत सम्पति कर, बहाल कर, व्यवसाय कर अहिले तिर्न सकिने र निकट भविष्यमा सिफारिस समेत अनलाइन माध्यमबाटै दिने २६ नम्बर वडाका अध्यक्ष खेम राज तिवारीले बताउनु भयो।

वडा कार्यालयले पुरातन प्रणालीको व्यवस्था अन्त्य गरी नयाँ विद्युतीय प्रणालीको सेवा सुरु गरेसंगै कर तिर्न समय लाइन बस्नुपर्ने झण्झटिलो अवस्थाको अन्त्य भएको छ । आगामी दिनमा अन्य प्रशासनिक कार्य पनि विद्युतीय प्रणालीमार्फत गर्ने गर्ने तयारी गरिएको भन्दै सेवाग्राहीहरुले अब बिभिन्न विद्युतीय माध्यमहरु इसेवा खल्ती प्रभु लगायतका तिर्न सकिने अध्यक्ष तिवारीले जानकारी दिनुभयो।

हेर्नुहोस एक रिपोर्ट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend