आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

पेरिसडाँडामा शुरू भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

पेरिसडाँडामा शुरू भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा महाधिवेशन तयारीको विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो । भदौ २६ गते स्थायी कमिटी बैठक सम्पन्न भएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend