
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी विवादमा रहेकी बालिका खड्का नेकपाको सचिवालय बैठक जारी रहेको पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि पक्राउ परेकी छन्।नेकपाको पेरिस डाँडास्थित पार्टी कार्यालयमा नेकपाका शीर्ष नेताहरुको बैठक जारी रहेकै बेला सो कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो।अहिले बैठक चलिरहेको छ, पछि जानुस् भन्दा पनि होइन अहिले नै जानु पर्नेछ, नेताहरुलाई कुरा राख्नु छ भन्दै जबरजस्ति जान खोजेपछि नियन्त्रणमा लिएका हौं। अहिले उनलाई कोटेश्वर प्रहरी प्रभागमा राखिएको छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले भने।प्रधानमन्त्री तथा अन्य शीर्ष नेतासहितको बैठक बस्ने भएपछि पेरिसडाँडा कार्यालय र वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै मुद्दा दर्ता गरेकी उनले गतसाता मुद्दा फिर्ता लिएकी थिइन्।आफूलाई शेरधनकी श्रीमती भएको दाबी गर्दै मुद्दा दिने दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय खड्काले बुधबार मुद्दा फिर्ता लिएकी हुन्।उनले मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौमा दिएको निवेदनमा शेरधनसँग अंश दाबी गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम नभएको र हुन सक्ने आधार समेत नभएको र वास्तविक रुपमा समेत त्यस्तो सम्बन्ध नरहेको उल्लेख छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend