
सुनौलो नेपाल – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।
यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो।
आइतबारको बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend