
बिकास रौनियार
असोज ६ धादिङ, धादिङका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । धादिङको गजुरी र गल्छी गाउँपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
शिक्षा मन्त्रालयले निर्धारण गरेका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गरेको गजुरी गाउँपालिका अध्यक्ष राजेंद्र बिक्रम बस्नेत बताउँछन् । “गजुरी गाउपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय असोज ५ गतेबाटै खुलेका छन्,” गाउपालिका प्रमुख बस्नेतले भने, “गाउपालिका शिक्षा समितिको निर्देशनअनुसार विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले निर्णय गरेर पठनपाठन सुरु गरिएको हो ।”
गाउपालिकाले सबै विद्यालयका विद्यार्थी र सबै शिक्षकलाई पुग्ने गरी संख्या हेरेर माक्स उपलब्ध गराएको र विद्यालय प्रवेश गर्नुअघि ज्वरो नाप्न सबै विद्यालयलाई थर्मल गन पनि उपलब्ध गराएको उनले बताए । “कक्षाकोठामा सकेसम्म एउटा बेन्चमा एकजना र अलि बढी विद्यार्थी भए दुईजनासम्म बस्ने गरी कक्षा सञ्चालन हुनेछ,” उनले भने, “यदि कुनै कक्षामा बढी विद्यार्थी भए २/३ वटासम्म कोठामा कक्षा सञ्चालन गर्ने र विद्यार्थी तथा शिक्षकले अनिवार्य रुपमा माक्स लगानुपर्ने व्यवस्था गरिएको छ ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend