
असोज ६ काठमाडौं- रक्तचन्दनको अवैध कारोबार गर्ने चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ घर भई हाल बौद्ध बस्ने १८ वर्षीय सुनिल तामाङ र २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल घर भई ललितपुर बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु घर भई बौद्ध बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन्।
उनीहरुलाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।
बौद्धस्थित तीनचुले बुद्धभूमि टोलमा रहेको डमरु फर्निचर काराखाना भित्रबाट १ लाख ८६ हजार १५० रुपैयाँ बराबरको रक्तचन्दन सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend