
असोज ६ काठमाडौँ, चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसरमा बस्नुभएका डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आएपछि प्रहरीले गुण्डागर्दी शैलीमा डाक्टर केसीलाई ट्रमा सेन्टर लागेको छ। नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
डा केसीलाई उहाका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिनुभएको थियो ।
तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगिएको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आउनुभएको थियो । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आउनुभएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend