मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेकपा सचिवालय बैठक सकियो

नेकपा सचिवालय बैठक सकियो

असोज ६ काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको सचिबालय बैठक सकिएको छ। साढे १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

त्यस्तै बैठकमा राजनीतिक तथा संवैधानिक नियुक्तिका मापदण्ड, पार्टी एकताका बाँकी काम लगायत बिषयको टुंगो लगाउनेगरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेललाइ एकताका बाँकी कामलाई पुरा गर्न १० दिनभित्रमा ठोस प्रस्ताव ल्याउन जिम्मा दिने निर्णय भएको श्रेष्ठले बताए।

सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend