मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टि

असोज ६ काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै देशभर हालसम्म संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६४७ जना कोरोना संक्रमित फेला परेका छन्।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै विगत २४ घन्टामा आठ सय २३ जना संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

१८ हजार १४२ कोरोनाका सक्रिय संक्रमित रहेको र संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना र होम आइसोलेसनमा ८९४९ जना रहेको मन्त्रालयले जनाएको छ। यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend