
असोज ७ काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेज सोहि क्लब छोडेर एट्लेटिको म्याड्रिड जाने भएका छन्। उनि फ्रि ट्रान्सफरमा एट्लेटिको जानका लागि बार्सिलोनाले अनुमति दिएको छ।
बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेका सुआरेज एथ्लेटिकोमा त्यसको आधा मात्रै पारिश्रमिकमा जान लागेका हुन्। एथ्लेटिकोले सुआरेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने जनाइएको छ।
सुआरेज र बार्सिलोनाबीच अझै एक वर्षको सम्झौता बाँकी थियो।
बार्सिलोनाका अर्का स्टार अर्टुरो भिडाल पनि इटालियन क्लब इन्टर मिलान जाने तय भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend