
असोज ७ काठमाडौं- नेपालको भुमि अतिक्रमण गरि भवन निर्माण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर, पुरानो सन्धि लागू गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद भन्दै नाराबाजी गरेका हुन्।
हुम्लाको लाप्चास्थित चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको र चीनले उक्त भुमि आफ्नै भएको दावी गरेपछि प्रदर्शन भएको हो।
आज चिनियाँ दुतावासले एक विज्ञप्ति निकाल्दै उक्त भुमि चीनकै भएको दावी गरेको छ। ‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्।’विज्ञप्तिमा भनिएको छ।
लाप्चास्थित नेपाली भूमिमा चीनले ११ वटा ठूला व्यावसायिक भवन निर्माण गरेपछि नेपाली टोली स्थलगत अनुगमनका लागि समेत पुगेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend