
असोज ७ काठमाडौं- लगातारको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। धादिङको गजुरी गाउँपालिका वडा नं. १ अन्तर्गत गलौँदीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
राजमार्गमाथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको जानकारी दिँदै इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।पहिरो हटाएर राजमार्ग सुचारु गराउन करिव डेढ घण्टा लाग्ने बताइएको छ।लेदो पहिरोले राजमार्ग अवरुद्ध भएकोले हटाउने प्रयास भइरहेको पाण्डेले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend