मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सुर्य थापाको स्पष्टिकरण: कुलमानका समर्थकलाई मैले पाखे भनेको छैन

सुर्य थापाको स्पष्टिकरण: कुलमानका समर्थकलाई मैले पाखे भनेको छैन

असोज ७ काठमाडौं – प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आफुले एक टेलिभिजन अन्तर्वार्तामा नेपाल बिद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकलाई अपशब्द बोलेको भन्ने आरोपको खण्डन गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले आफुले भनेको कुरालाई ताेडमराेड गरी दुष्प्रचार गरिएको बताएका छन्।

उनले लेखेका छन्, ‘मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।’

उक्त अन्तरवार्तामा थापाले घिसिङ समर्थकलाई ‘पाखे’को संज्ञा दिएको भन्दै आलोचना भएको थियो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend