आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

जथाभावी खनिएको मोटरबाटोको करण गयो एकै घरका ९ जनाको ज्यान !

जथाभावी खनिएको मोटरबाटोको करण गयो एकै घरका ९ जनाको ज्यान !

असोज ८ काठमाडौं – बर्षाका कारण पहिरो जाँदा स्याङ्जामा ५ महिनाको बच्चासहित ९ जनाको ज्यान गएको छ।

वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले घर पुरिँदा एकै परिवारका उनीहरुको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ५ महिनाको बच्चा कबिर नेपाली, २७ बर्षकी उमाकला नेपाली,६० बर्षकी स्यानी नेपाली, ४८ बर्षकी माया नेपाली, ३० बर्षका दीपक नेपाली, ९ बर्षका विवश नेपाली, १४ बर्षका शिशिर नेपाली १९ बर्षकी विनिता नेपाली, २२ बर्षका कुलदीप नेपाली रहेका छन्।

पहिरोमा परि बर्ष १६ कि मनिषा नेपाली घाइते भएकी छिन। उनलाई घटनास्थलबाट उद्दार गरि उपचारका लागि पोखरा पठाइएको छ।

मृतकको पोष्ट माटमका लागि वालिङ् अस्पताल पठाइएको स्याङ्जा प्रहरी प्रमुख होविन्द्र बोगटीले सुनौलो नेपाललाई जानकारी दिए।

अव्यबस्थित सडक निर्माणका कारण पहिरो गएको र पहिरोले जोखिममा रहेका अन्य ५ घरलाई स्थानानतरण गरिएको बोगटीले बताए।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend