आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

वीर अस्पतालमा बिरामीको अंग निकालिएको बिषय हल्लामात्रै, रेफ्रीजेरेटरमा नराख्दा शब सुन्नियो !

वीर अस्पतालमा बिरामीको अंग निकालिएको बिषय हल्लामात्रै, रेफ्रीजेरेटरमा नराख्दा शब सुन्नियो !

असोज ८ काठमाडौँ, केहि दिन देखि सामाजिक संजालमा वीर अस्पतालमा कोरोना बिरामीको आँखा लगाएत शरीरका संबेदनशील अंगहरु  निकालेर मारिएको भन्ने बिषयसहितका भिडियो तथा पोस्टहरु भाईरल भईरहेका छन् .। तर वीर अस्पतालले भने मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देही सिद्धार्थनगरका रामलखन जैसवालको वीरअस्पताल आउनु अगाडीनै मृत्यु भएको जनाएको छ ।

वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देही सिद्धार्थनगरका रामलखन जैसवालकोमृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन् । पत्रकार सम्मेलनमा केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कारागारभित्र वा अस्पतालमा हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लाएको, घाँटी काटिएको जस्ता समाचारहरु भ्रामक भएको बताउनुभयो ।

त्यस्तै वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी उपचारका लागि वीर अस्पतालमा लैजादा जीवित रहेको कुनै चिन्ह नदेखिएकाले मृत घोषणा भएको भन्दै गलत अफवाहमा नगर्न आग्रह समेत गर्नुभयो । ३ दिनदेखि शवगृहमा रहेकाले शवमा सड्ने र गल्ने प्रक्रिया सुरु हुँदा शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किको र रेफ्रिजिरेटरमा नराख्दा यस्तो अवस्था देखिएको उहाले बताउनुभयो ।

उनीहरुले त्यस किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटीभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत सावित भइसकेको र बाँकी रिपोर्ट पोस्टमार्टमपश्चात् आउने बताएका छन् । बुटवल घर भएका मृतक जैसवाल पार्किङ्सन र प्रेसरसम्बन्धी दीर्घ रोगी भएको र असोज ३ गते राति पौने १० बजे श्‍वासप्रश्वासमा समस्या भएपछि केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ । त्यहाँबाट जैसवाललाई वीर अस्पताल रेफर गरिएको जेलर बाँस्कोटाले बताउनुभयो ।

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend