
असोज ८ काठमाडौं – हुम्लामा नभेटिएको भनिएको सिमानाको ११ नम्बर पिल्लर भेटिएको छ। नाम्खा गाउँपालिका ६ टाकुलेमा स्तम्भ भेटिएको हो।
विभिन्न सञ्चारमाध्यमहरुमा ११ नम्बर पिल्लर हराएको र चीनले नेपाली भूमिमा भवन निर्माण गरेको भन्ने समाचारहरु आएपछि केहि दिनअघि सीडीओ नेतृत्वको टोली त्यसतर्फ गएको थियो। सोहि टोलीले हराएको भनिएको पिल्लर माटो र हिउँले पुरिएको अबस्थामा फेला पारेको हो।
सोहि स्थानमा नेपाल र चीनबीच सीमा विवाद हुने गरेको थियो। उक्त स्तम्भ फेला परेपछि अब रेखाकंनका गर्ने र त्यसपछि चिनियाँ भवनहरु नेपाली भूमिमा बनाइएका छन् कि चिनियाँ भूमिमै बनेका छन् भन्ने कुरा पत्ता लाग्ने र दुइ देशको सीमा विवाद समाधान हुने विश्वास गरिएको छ।
नेपाली भुमि अतिक्रमण गरेर चीनले धमाधम भवनहरु निर्माण गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने चीनको तर्फबाट पनि अतिक्रमण नगरिएको भने विज्ञप्ति आइसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend