आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुन सक्ने

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुन सक्ने

असोज ८ काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दै छ। साँझ ५ बजे बस्न लागेको बैठकमा केहि महत्वपूर्ण निर्णयहरु हुन सक्ने अपेक्षा गरिएको छ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुन सक्ने स्रोतले बताएको छ। यसअघि नै नेकपामा सरकारमा रहेका केहि मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा समेत छलफल भएको थियो।

त्यस्तै बैठकमा कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि आगामी योजनाका बारेमा पनि छलफल हुनेछ।

मन्त्रिपरिषद बैठक बस्नुपुर्ब प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटबार्ता भएको छ। बालुवाटार स्रोतका अनुसार भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend