शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

असोज ८ काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएकोमा १४९७ जनालाई संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।

त्यस्तै ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend