
असोज ८ काठमाडौं – विगत केहि दिनदेखि काठमाडौं लगायतका ठाउँमा विजुली बत्ति जान थालेपछि आज उर्जा मन्त्रालयमा बैठक बसेको छ।
बत्ति जान थाल्यो भन्ने जनगुनासो आउन थालेपछि उर्जा मन्त्री बर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कर्मचारीसंग छलफल गरेका हुन्।
प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को ४ बर्षे कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका लेखनाथ कोइरालालाई बोलाएर मन्त्रि पुनले समस्या पहिचान गरि तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
निवर्तमान कार्यकारी निर्देशक घिसिङ् गएसंगै बिजुली पनि जान लागेको भन्दै सामाजिक संजालमा गुनासो बढ्न थालेको छ। कुलमानका समर्थकले पुनर्नियुक्तिको माग गर्दै सामाजिक संजाल संगै सडकमा समेत आवाज उठाउँदै आएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend