
असोज ९ काठमाडौं: भारत र चीनबीच गएको जुन महिनामा लद्दाखको गलवान क्षेत्रमा भएको सीमा झडपमा २० जना भारतीय सैनिक मारिएपश्चात् दुई देशबीच तनावको स्थिति सृजना भएको छ। यधपी विवाद समाधानका प्रयासहरु भने भइनै रहेका छ्न।
सीमा क्षेत्रमा जारी तनावलाई लिएर केहि दिनअघि भएको वार्तापछि सीमामा थप सैनिक नपठाउने सहमति समेत भएको छ। सीमामा शान्ति कायम गर्नका लागि ठोस कमद चाल्ने पनि बार्तामा सहमति भएको छ।
तर बार्ता र छलफलमा जे सहमति भए पनि तनावको स्थिति भने कायमै रहेको छ।
यसैबीच भारतिय सेनाले सहमति पालना नगरी आफूमाथि आइलागे गोली ठोकिदिने चेतावनी दिएको खबर भारतीय पत्रिका ‘द हिन्दु’ ले उल्लेख गरेको छ। यदि चिनियाँ सेना आफूतिर अगाडी बढे आत्मरक्षाको लागि आफ्ना सेनालाई गोली हान्ने अधिकार दिएको एक सैनिक अधिकारीलाई उदृत गरि पत्रिकाले लेखेको छ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतले आरोप लगाउँदै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend