
असोज ९ काठमाडौं: एसिड आक्रमणका घटना बढ्दै गएपछि आक्रमणकारीमाथि सरकारले कडा कदम चाल्ने भएको छ।
हिजो (बिहिबार) बसेको मन्त्रिपरिषदको बैठकले एसिड आक्रमण गर्नेमाथि २० बर्ष कैद र १० लाख जरिवाना गर्ने गरि कानुन ल्याउने निर्णय गरेको छ।
अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने भएको हो।
यसअघि प्रधानमन्त्री केपी ओलीले एसिड पीडितहरूसँग छलफल समेत गरेका थिए।
प्रधानमन्त्री ओलीले एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने साथै एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने बताएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend