
असोज ९ काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गतको गएराति भएको खेलमा स्टार खेलाडीले भरिएको रोयल च्यालेन्जर्स बेंग्लोरले लज्जास्पद हार व्यहोरेको छ। किंग्स-११ पञ्जावसंग बेंग्लोर निरिह बनेको हो।
पञ्जावले बेंग्लोरमाथि ९७ रनको जित निकालेको हो। पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान केएल राहुलको शतकमा २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो। कप्तान केएल राहुलले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले सात चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।
जारी आइपिएलमा यो पहिलो शतक हो।
२०७ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट भयो। उसका लागि वासिङ्टन सुन्दरले सबैभन्दा बढी ३० रन जोडे।
एबी डिभिलियर्सले २८, आरोन फिन्चले २० रन जोडे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend