
असोज ९ काठमाडौं: नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले फेरी पनि लोडसेडिंग हुन लागेको भन्ने कुरामा कुनै पनि सत्यता नभएको बताएका छन। सुनौलो नेपालसंगको कुराकानीका क्रममा कोइरालाले यस्तो बताएका हुन्।
लोडसेडिंगले नभई बिगत केहि दिनयताको अविरल बर्षाका कारणले विभिन्न समस्याहरु आइपरेकाले विद्युत अवरुद्ध भएको कोइरालाले बताएका छन्।
पानी पर्दा तार फुट्ने, रुख ढल्ने, ट्रान्सफरमर जल्ने जस्ता समस्याले केही समय लाइन काटिएको तर बारम्बार भने नकाटिएको उनको भनाइ छ ।
हामीसंग पर्याप्त मात्रामा उर्जा छ, कोइरालाले भने, ‘प्राबिधिक समस्याका कारण बत्ति काटिएको हो, लोडसेडिंग गर्नुपर्ने कुनै कारण नै छैन।’
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ् कार्यकाल सकिएपछि कोइरालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी पाएका हुन्।
हेर्नुहोस् कोइरालासंग सुनौलो नेपालले गरेको कुराकानीको भिडियो:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend