शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

चेन्नई र दिल्ली आज भिड्दै, पाउलान त सन्दीपले मौका ?

चेन्नई र दिल्ली आज भिड्दै, पाउलान त सन्दीपले मौका ?

असोज ९ काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिडदै छन् । खेल दुबइ इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई आफ्नो दोश्रो जितको खोजीमा हुनेछ भने श्रेयस आयरको कप्तानीमा रहेको दिल्ली पनि दोश्रो खेल जित्दै अपराजित रहने प्रयासमा हुनेछ।

स्पिनर रविचन्द्र आश्विन चोटका कारण नखेल्ने भएपछी पहिलो खेलमा मौका नपाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले मैदान उतार्ने संम्भावना रहेको छ ।

यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबलाई पराजित गरेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट