
असोज ९ काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। यससंगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ६२ पिसिआर परीक्षण भएको छ।
१४ सय ५५ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा शुक्रबार थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend