मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

गोविन्द केसीको मागमा नेविसंघको ऐक्यवद्धता

गोविन्द केसीको मागमा नेविसंघको ऐक्यवद्धता

असोज ९ काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत डाक्टर गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ ।

शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।

डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष ढुङ्गानाले जानकारी दिए।

सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उनको भनाई छ । डा केसीले उठाएका मुद्धाहरु जनताको मुद्धा रहेको भन्दै सरकारले माग पुरा गर्नुपर्नेमा दमन गरेको भन्दै उहाले तत्काल केसीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बसेका डा केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै चिकित्सकहरुले जनाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend